स्थानीय खाजालाई जोड दिँदै छथर गाउँपालिका

प्रकाश पाक्साँवा
तेह्रथुम ७ साउन
विभीन्न कार्यक्रम सभा समारोहहरुमा थुक्पा,चाउमिन,चाउचाउका साथै पुर्व तयारी खाजाहरु खाने गरेको छ । यी र यस्ता जङफुट जन्य खाजाहरुले मानव स्वास्थ्यमा विभीन्न तरीकाले असर गरी रहेको हुन्छ । यसरी खाने गरेको खाजाहरुको समय सकिएका खान योग्य नभएका जङफुटहरुको प्रयोग अधिक मात्रामा हुँदै आई रहेको बेला तेह्रथुमको छथर गाउँपालिकाले भने स्थानीय रुपमा उत्पादन भएको खाजालाई जोड दिन थालेको छ ।

गाउँपालिका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले आयोजना गर्ने सभा सम्मेलनहरुमा स्थानीय खाजालाई प्रयोग गर्ने निती ल्याएको छ । यस्तै गाउँपालिका क्षेत्रमा रहेका विद्यालय तथा सरकारी कार्यालयहरुमा स्थानीय खाजाको प्रयोग सुरु गर्न थालिएको छ । स्थानीय खाद्य सामाग्रीहरु बजारीकरणमा समस्या देखिएकोले बजारीकरण र प्रर्बधनमा सहयोग पुग्नुको साथै जङफुट विस्थापित हुँदै जाने र स्थानीयको आर्थीक श्रोतमा टेवा पुग्ने भएकाले स्थानीय खाजालाई अगाडी बढाएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘हामीले स्थानीय स्तरमा उत्पादित वस्तुलाई खाजाको रुपमा प्रयोग गर्ने निती ल्याएका छौ । स्थानीय खाजाको प्रयोगले यहाँ उत्पादन भएको वस्तुको थोरै भएपनी बजारीकरणमा सहयोग गर्ने आशा गरेका छौ । त्यस्तै मानव स्वास्थ्यमा पनी स्थानीय खाजाले असर नपुर्याउने भएकाले हामीले जोड दिएका हौ, तिगलाले भने ।’ गाउँपालिकाले स्थानीय खाजालाई जोड दिन सुरु गरेसँगै सार्वजानिक कार्यक्रमहरुमा समेत प्रयोग गर्न थालिएको छ ।

गाउँपालिकाले २०८०÷०८१ को निती तथा कार्यक्रममा स्थानीय खाजाको प्रयोगलाई समावेश गरी जोड दिन थालेको छ । स्थानीय खाजाको प्रयोगले मानव स्वास्थ्यमा फाईदा पुर्याउनुको साथै स्थानीय उत्पादनले बजार पाउने भएको छथर गाउँपाकिला १ का लाक्पा छुती सेर्पाको भनाई छ । यहाँ उत्पादन भएका आलु,फर्सी,मटर,रोटी,मकैका साथै चाब्रे तथा विभीन्न खाजाहरुको प्रयोग गर्न थालिएको छ । भुटेको मकै,उसिनेको आलु,फसि,मटर, जस्ता खाजाहरु यस गाउँपालिका क्षेत्रमा आउने अथितीहरुले खान पाउने भएका छन । स्थानीय उत्पादन भएकाले ताजा तथा तत्कालै तयारी हुने भएकाले यहाँ आउने पाहुनाहरुको आकर्षण स्थानीय खाजा बन्ने अपेक्षा गरिएको छ । गाउँपालिको सुरु गरेको स्थानीय खाजाको प्रयोग कार्यक्रमलाई प्रभावकारी बनाउन सके स्थानीय उत्पादनले बजार पाउनुका साथै मानव स्वास्थ्यमा फाईदा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *