प्रकाश पाक्साँवा
तेह्रथुम ९ असोज
छथर गाउँपालिका ६ सुदाप तेह्रथुममा जन्म भई छथर जोरपाटी गाउँपालिका ५ परेवादिन विवाह गरेकी सुकरानी खेवा लिम्बु स्तनमा डरलाग्दो घाउ भएपनी आर्थीक अभावका कारण आफन्तको शरणमा छिन् । आफ्न्त छोराछोरी श्रीमानको मृत्यृ प्रश्चात साहारा विहिन बनेकी लिम्बु स्तनमा डरलाग्दो घाउ बोकेर यतीबेला छथर गाउँपालिका ५ ओख्रेमा आफन्तमा बस्दै आएकी हुन ।
उनको उपचारमा आर्थीक अभावका कारण समस्या भई रहेको बेला रत्नदेवी युवा सेवा समाज छथर सुक्रबारेले ओख्रे देखी निशुल्क रुपमा धरान सम्म एम्बुलेन्स सेवा दिएको टेकराज तिगेलाले बताए । लिम्बुको उपचारमा समस्या भएको विभीन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आए सँगै निशुल्क एम्बुलेन्स सेवा दिइएको समाजका अध्यक्ष अनिल आंखेवाले बताए । लिम्बुको स्तनमा रहेको घाउ धरान स्थीत बिपी कोईराला बिज्ञान प्रतिष्ठानमा जाँच पछी थप उपचार गरिने भएको भविन्द्र तुम्खेवाले बताउनु भयो ।