सिधुवा सुक्रबारे ओख्रे सडक मुख्यमन्त्री हिक्मत कार्कीद्धारा उद्धघाटन गरिने

प्रकाश पाक्साँवा
तेह्रथुम २७ साउन
धनकुटा जिल्लाको सिधुवा सुक्रबारे ओख्रे १६ किलोमिटर सडक यही साउन ३० गते कोशी प्रदेशका म्ुख्यमन्त्री हिक्मत कार्कीद्धारा उद्धघाटन गरिने भएको छ । आईतबार सम्पन्न छथर गाउँपालिकाको गाउँ काय्र्रपालिका बैठकले सडक उद्धघाटन गर्ने निमार्ण गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनु भयो ।
गाउँ कार्यपालिकाको बैठकले सडक उद्धघाटनका साथै गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ तथा ऐतिहासिक भद्रौरे पुर्णमा मेलाको उद्दघाटन यही साउन ३० गते गर्ने समेत निमार्ण गरेको गाउँपालिकाले जनाएको छ । सिधुवा शुक्रबारे सडकमा सजावटका आकर्षण देखिने बोट बिरुवा रोपण कार्य तिब्र गतिमा अगाडि बढाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनु भयो ।