धनकुटा ५ मंसिर
धनकुटा जिल्लाको छ्थर जोरपाटी वडा नम्बर ६ सिधुवा खेलमैदानमा पौष ६ देखि १२ गते सम्म संचालन हुने खुल्ला पुरुष फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।
स्पोर्टिङ सिधुवा को आयोजनामा हुने फुटबल प्रतियोगितामा धनकुटा, तेह्रथुम र सुनसरी गरि १६ क्ल्बले प्रतिस्पर्धा गर्ने खेल सम्योजक निमसाङे शेर्पाले बताए ।
खेलमा विजयी हुने टिमलाई नगद ५१ हजार ५ रुपैया र उपविजेतालाई ३१ हजार ५ रुपैयाँ का साथ ट्रफी, मेडल र प्रमाणपत्र; सेमिफाइनलको उपविजेतालाई समान नगद १० हजार तथा उत्कृष्ट खेलाडीहरुलाई व्यक्तिगत ट्रफी समेत प्रदान गरिने सम्योजक शेर्पाले बताए ।
प्रतियोगिता धनकुटामा जिल्ला फुटबल संघको प्राबिधिक सहयोग तथा सिधुवा सिंहदेवी युथ क्ल्बको मुख्य सहयोगमा संचालन हुने भएको छ । प्रतियोगिता सफल बनाउन को लागि छ्थर जोरपाटी सिधुवा स्थित महानुभावहरु र फुटबल प्रेमीहरुले स्वस्फूर्त सहयोग रहेको पूर्व राष्ट्रिय खेलाडी तथा फुटबल प्रशिक्षक लक्ष्मी नारायण श्रेष्ठले जानकारी गराए ।
खेल तालिका
