तेह्रथुम २६ साउन
तेह्रथुमको लालीगुराँस नगरपालिकाले श्रम अभियान मार्फग ग्रामिण विकास निर्माणको काम गर्न सुरु गरेको छ । ग्रामिण क्षेत्रमा संचालीत विकासे योजनाहरु वजेट अभावमा पुरा हुन नसक्ने अवस्था आएपछि नगरपालिकाले श्रमदान अभियान सुरू गरेर काम गराउन थालेको हो ।
केन्द्र सरकारले स्थानीय तहमा पठाउने विकास वजेटमा कटौती गरिदिए पछि वडा स्तरमा संचालीत योजनाहरु अलपत्र परेको नगर प्रमुख अर्जुन माबोहाङले वताउनु भयो । बजेट अभावमा रोकीएका योजना पुरा गराउन स्थानीय जनतालाई सहभागी गराएर श्रमदान मार्फत काम गराउन थालीएको नगर प्रमुख माबोहाङको भनाई छ । श्रमदान अभियान अन्तर्गत ग्रामीण क्ष्ँेत्रमा निर्माणाधिन अवस्थामा रहेका सडक, खानेपानी, कुलो, पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण तथा मर्मत गर्ने, झाडी सफा गर्ने लगायतका काम भैरहेका छन् ।
नगरपालिकाले प्रत्येक वडाबासीलाई श्रमदानमा अनीवार्य उपस्थित हुन आह्वान गरेको छ । श्रमदानमा जुटेका नगरसासीलाई नगरपालिकाले जेसिबी र ट्रयाक्टर उपलव्ध गराएको छ । श्रमदान मार्फत सडक निर्माण र मर्मत गरिएपछि किसानले ग्रामिण क्ष्ँेत्रमा उत्पादन गरेको दुध तथा ताजा तरकारी वजार सम्म पु¥याउन सहज भएको वडा नम्वर ७ का वडाध्यक्ष देवेन्द्र खड्काले वताउनु भयो । नगरपालिकाले श्रम अभियान मार्फत विकास निमार्णका काम सुरु गरेपछी यहाँका स्थानीयबासीहरु आफै जुट्न थालेका छन ।