लसुनेमा जारी दिपावली कप फुटबल प्रतियोगितामा लालीगुराँस र छथर सेमिफाइनमा प्रवेश

प्रकाश पाक्साँवा
तेह्रथुम २२ कार्तिक
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थल लसुने बजारमा दिपावलीको अवसरमा
दोश्रो दिपावली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन । आज भएको क्वाटरफाईन खेलमा लालीगुराँस युथ क्लब तेह्रथुम र छथर एफसी सेमिफाईनलमा प्रवेश गरेका छन ।

लालीगुराँसले टि.टि. सिक्स युथ क्लब शहिदभुमी धनकुटालाई ० को विरुद्ध १ गोल गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोश्रो खेलमा घुमाउने धनकुटालाई १ को विरुद्ध ५ गोल गर्दै छथर सेमिफाईनमा प्रवेश गरेको हो ।

रियल लसुने युवा क्लबको अयोजना तथा लालीगुराँस नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा विभीन्न जिल्लाका १२ टिमको सहभागीता रहेको खेल संयोजक सुमन लिम्बुले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रतन लिम्बुले बताउनु भयो । प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *