लसुनेमा जारी दिपावली कप फुटबल प्रतियोगितामा कुसाङ र कालिका देवी सेमीफाइन प्रवेश

प्रकाश पाक्साँवा
तेह्रथुम २२ कार्तिक
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थल लसुने बजारमा दिपावलीको अवसरमा दोश्रो दिपावली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन । आज भएको क्वाटरफाईन खेलमा न्यु युथ क्लब आँखिभुई संखुवासभालाई हराउँदै कुसाङ युवा क्लब सुङनाम सेमीफाईनमा प्रवेश गरेको छ ।

संखुवासभालाई ० को विरुद्ध १ गोल गर्दै कुसाङ सेमिफाईनलमा प्रवेश गरेको हो । त्यस्तै कालिका युथ क्लब लालिगुराँस तेह्रथुमले जिरीखिम्ती युवा क्लबलाई हराउँदै सेमीफाईनलमा प्रवेश गरेको छ । कालिकाले जिरीखिम्तीलाई २ को विरुद्ध ३ गोल गर्दै सेमिफाईनलमा प्रवेश गरेका खेल संयोजक सुमन लिम्बुले जानकारी दिनु भयो ।

रियल लसुने युवा क्लबको अयोजना तथा लालीगुराँस नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा विभीन्न जिल्लाका १२ टिमको सहभागीता रहेको छन । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रतन लिम्बुले बताउनु भयो । प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *