लसुनेमा आयोजित दोश्रो दिपावली कपमा म्याङलुङलाई हराउँदै कुसाङ एफसी विजयी

प्रकाश पाक्साँवा
तेह्रथुम २० कार्तिक
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थलमा रहेको लसुने बजारमा आयोजित दोश्रो दिपावली कप आमन्त्रित पुरुष फुटबल आजबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन एक खेल सम्पन्न भएको छ ।

आज सम्पन्न खेलमा म्याङलुङ एफसीलाई ० को बिरुद्ध १ गोलले हराउँदै कुसाङ एफसी विजयी बनेको छ । प्रतियोगितामा लालीगुराँस नगरपालिका उपप्रमुख जमुना मगर कार्कीले उद्धघाटन गर्नु भएको थियो । लालीगुराँस नगरपालिका, तेह्रथुमको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको रियल लसुने युवा क्लबका सचिव महेन्द्र कार्कीले जनाकारी दिनु भयो ।

प्रतियोगिता रियल लसुने युवा क्लबको आयोजना तथा लालीगुराँस नगरपालिकाको सहयोगमा आयोजना भएको हो । प्रतियोगितामा कोशी प्रदेशका १२ वटा टिमको सहभागीता रहेको खेल संयोजक सुमन लिम्बु ले बताउनु भयो । प्रतियोगिताको फाईनल कार्तिक २५ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *