प्रकाश पाक्साँवा
तेह्रथुम २० कार्तिक
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ र ९ को संगमस्थलमा रहेको लसुने बजारमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भए सँगै आज पहिलो दिन म्याङलुङ एफसी र कुसाङ एफसी बिच १ बजे भिड्ने छन ।
रियल लसुने युवा क्लब, तेह्रथुमको आयोजनामा तथा लालीगुराँस नगरपालिकाको सहयोगमा दिपावली मेलाको अवसरमा आयोजना गरिएको खेलको २५ गते फाईनल हुने आयोजकले जनाएका छन ।
लालीगुराँस नगरपालिका, तेह्रथुमको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुमन लिम्बुले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक लिम्बुले जानकारी दिए ।
कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने कार्तिक २५ गतेका दिन हुनेछ । साथै सोही अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने आयोजकले जनाएको छ ।