प्रकाश पाक्साँवा
तेह्रथुम ३० साउन
तेह्रथुमको म्याङलुङमा निर्माण गरिएको ऐतिहासिक एक्केनावा फुक्कु खुरखुट्टे पार्क येतिबेला पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पर्यटन प्रवद्र्धनका लागी स्थानीय सरकार उदासिन भएको बेला स्थानीबासीको पहल तथा प्रदेश सरकारको सहयोगमा पार्क बनेपछि घुमफिर गर्न आउने संख्या बढ्न थाले पछी पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । म्याङलुङ बजार क्षेत्रका नागरिकहरु सनिबार तथा सार्वजनिक बिदाको दिन बजार देखी नजिकै रहेको ऐतिहासिक एक्केनावा फुक्कु खुरखुट्टे पार्कमा जाने गरेका छन् । यो ठाँउ बिषेश गरेर नयाँ आगन्तुक तथा स्थानियबासीका लागी सहजको पर्यटकिय गन्तव्य बनेको छ । ऐतिहाँसिक स्थल भएर पनी ओझेलमा पर्दै आएकोले पर्यटन प्रवर्दनका निम्ती बिभिन्न पुर्वाधारहरु निर्माण गरिएको खुर्कुटे ओडार संरक्षण तथा उद्यान पार्क पुर्वाधार निर्माण समितिका अध्यक्ष संजय लिम्बुले बताउनुभयो ।

पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटक विकास आयोजना मार्फत गएको आर्थिक बर्षमा ३० लाख बजेटमा निमार्ण गरिएको हो । पर्यटकिय तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार बाट एक किलोमिटर दुरीमा रहेको खुर्कुटे ओडार पार्कमा घुम्न आउने पर्यटकहरुको दैनिक जसो घुइचो लाग्न थालेको छ ।

पर्यटकलाई लोभ्याउनका लागि यहा चौतारा, हात्तिआहाल पोखरी,हात्ति स्तम्भ,हरिण,जरायो लगायत जंगली जवानरको आकृती,मोटु पत्लु जस्ता मनोरन्जनका स्तम्भ राखिएका छन् । नवनिर्मित यो पार्कले ऐतिहासिक ओढारको संरक्षण र पर्यटन प्रवद्र्धन भएको स्थानीयबासी रेनुका भट्टराईले बताउनुभयो ।

किंवदन्ती अनुसार परापुर्वकालमा बटुवाहरुले राति बास बस्नका लागि यहि खुर्कुट्टे ओढार प्रयोग गर्ने गरेका थिए । ओ ओढारको सामाजिक सस्था देउराली सोसाईटीले संरक्षण गर्दै आएको थियो । ओढारको नामबाट पार्क निर्माण भएपछि पर्यटन प्रवर्द्धन संगै आर्थिक उपार्जन लाई समेत टेवा पु¥याउने म्याङलुङ नगरपालिका ५ का टीआर सेनेहाङले बताउनुभयो ।

एक्केनावा फुक्कु खुरखुट्टे पार्क जस्तै जिल्लामा पर्यटनको प्रचुर सम्भावना बोकेका स्थलहरु दर्जनौ छन् । प्राकृतिक सम्पदाहरुलाई थप व्यवस्थित र पर्यटकको गन्तव्य बनाउन सके पर्यटन क्षेत्रको विकास हुने अवस्था छ । यसका निम्ती सरकारले पर्यटन पूर्वाधारमा विकास गर्ने अभियान नै चलाउन आवश्यक छ ।
