काश पाक्साँवा
तेह्रथुम २९ भदौ
हरेक बर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । साामन्यतया सांस्कृतिक कार्यक्रम तथा विभीन्न खेलकुद कार्यक्रमहरु सञ्चालन हुँदै आई रहेको बेला छथर जोरपाटी ६ सिधुवा धनकुटामा रहेको सगरमाथा बोर्डिङ स्कुलले भने फरक कार्यक्रमका साथ बाल दिवस मनाएको छ ।

विभिन्न जातजातीहरुको सांस्कृतिक पहिचान सहितको भेषभुषा सहितको –यार्लीका साथै विभीन्न जातजातीहरुको सांस्कृतिक नाच समेत प्रदर्शन गरेको छ । बिद्यालय परिसरबाट सुरु भएको –याली सिधुवा बजारमा पुगेर मुख्यचौक जनचेतनामुलक गिती नाटकका साथै राई जातीको साकेला नृत्य प्रस्तुत गरीएको थियो । त्यस्तै बिद्यालयमा सेर्पा जातीहरुको नृत्य प्रदर्शनका साथै बिभीन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएका थिए । दिवसलाई बिद्यालयले फरक ढंगले बनाउँदै बिभीन्न कार्यक्रमहरु सञ्चालन गरिएको बिद्यालयका प्रधानध्यापक दिवेश खड्काले बताउनु भयो ।

दिवसको अवसरमा बिद्यालयका उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बिद्यालयले सञ्चालन गरेको विभीन्न प्रतियोगितामा विजयी बनेका बिद्यार्थी तथा सदनहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । बाल दिवस भन्ने बितिक्कै बालबालिकाहरुको अधिकार हुनु पर्ने बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवकुमार श्रेष्ठको भनाई छ । बिद्यालयले यसबर्ष फरक तथा पृथक रुपमा बाल दिवसलाई मनाएको छ । यस बिद्यालयका करिब ५ सय बिद्यार्थीहरु अध्यायनरत रहेका छन ।


