महालक्ष्मी नगरपालिकामा चौथो मेयर कप तथा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

प्रकाश पाक्साँवा
तेह्रथुम २ फागुन
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा चौथो मेयर कप तथा वडा स्तरीय भलिबल छनौट प्रतियोगिता सुरु भएको छ । परम्परादेखी लाग्दै आएको वसन्त पञ्चमी मेलाको अवसरमा जितपुर बजार व्यवस्थापन समितीको आयोजना तथा महालक्ष्मी नगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

नगरपालिकाका नगर प्रमुख ध्रुवराज रायले मंगलबार उद्धघाटन गर्नु भएको छ । नगरपालिकाका ९ वटा वडाका ११ टिमको सहभागीता रहेका छन । ग्रामिण क्षेत्रमा खेलाडीहरुलाई अवसर प्रदान गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुद विकासका निम्ती मेयर कपको रुपमा अघि सार्दै आएको नगर प्रमुख रायले बताउनु भयो । जनता माध्यमिक बिद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ६ वटा खेल सम्पन्न भएको मेयर कप खेलकुद समितीका अध्यक्ष नरेन तुम्बाले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार नगद,प्रमणपत्र,मेडल र ट्रफी त्यस्तै दोश्रो हुने टिमलाई नगद १५ हजार नगद,मेडल,प्रमाणत्र र ट्रफी प्राप्त गर्ने जितपुर बजार व्यवस्थापन समितीका अध्यक्ष मिक्सन तुम्बाले बताउनु भयो । साथै वसन्त पञ्चमी मेला तथा कृषी प्रशर्दनीमा ग्रामिणका कृषकहरुले उत्पादन गरेको कृषजन्य सामाग्री कृषी प्रदर्शनीको रुपमा राखिएका छन । प्रदर्शनमा राखिएका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *