भदौ पुर्णिमा मेलाको अवसरमा चौथो छथर गाउँपालिका अध्यक्ष कप प्रतियोगिता हुने

प्रकाश पाक्साँवा
तेह्रथुम २५ साउन
तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र छथर सुक्रबारेमा ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । खेलकुद र संस्कृती हाम्रो सान,समृद्ध छथर निमार्ण गर्ने हामे अभियान भन्ने मुल नाराका साथ बिहीबार पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने सार्वजानिक गरिएको छ । गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला,संस्कार,संस्कृती संरक्षण गर्ने उदेश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

मेलाको अवसरमा फुटबल,भलिबल र व्याडमिन्टन प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले गाउँपालिका अध्यक्ष कपको साथमा नगद १ लाख ५१ हजार,प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणत्र र मेडल पाउने भएका छन । त्यस्तै भलिबल प्रतियोगिता प्रथम हुनेले नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष रनिङ कप,मेडल र दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणपत्रको साथ मेडल पाउने भएका छन । त्यस्तै व्याडमिन्टन तर्फ प्रथम हुनेले गाउँपालिका अध्यक्ष कप, नगद ४१ हजार,कप,प्रमाणपत्र र मेडल र दोश्रो हुनेले नगद २५ हजार, प्रमाणपत्र र मेडल पाउने भएको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । प्रतियोगितालाई शव्य तथा भव्य रुपमा सपन्न गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक व्यवस्थापन समितीहरु गठन गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *