बन्दागोभीको मुल्य बढेपछी,व्यापारीले बारीबाटै खरिद गर्दै

प्रकाश पाक्साँवा
तेह्रथुम २८ भदौ
एक महिना अघिसम्म ३ रुपैयाँ पनी बिक्री नभएको बन्दागोभीको मुल्य बढेपछी व्यापारीहरुले बारीबाटै खरिद गर्न थालेका छन । पूर्वका तेह्रथुम, धनकुटा र संखुवासभामा खेती हुने बन्दागोभीको मूल्य बढेपछी व्यापारीहरु बारी मै पुगेर खरिद गर्न थालेका हुन ।

बन्दाले मुल्य नपाउँदा लगानी गुमाएका किसानहरु यतिबेला राम्रो मुल्यमा बिक्री गर्दै आएका छन । बन्दा बिक्री नहूँदा किसानले बारीमे जोतेका थिए । बन्दागोभी नै मुख्य आम्दानीको श्रोत भएपनी बिक्री नभएपछी निराश बनेका किसान यतिबेला भने हर्षित बनेका छन । यहाँका किसानले १ रोपनी क्षेत्रफल देखी ५० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन । बन्दाले मुल्य पाएपछी किसानहरु बिक्रीका लागि काट्न भ्याईनभ्याई भएका छन । ३ रुपैयाँ बिक्रीमा नभएको बन्दा यतीबेला २० देखी २३ रुपैयाँ बिक्री भएपछी अघिल्लो सिजनको घाटा भरपुर हुने आशा रहेको छथर गाउँपालिका ६ का किसान लाक्पा लामा सेर्पाको भनाई छ ।
अहिले तेह्रथुम,धनकुटा र संखुवासभा जिल्लाबाट दैनिक ६० लाख मुल्य वरावरको ३० ट्रक वन्दागोभी भारतीय वजार तर्फ गई रहेका छन । बन्दाको मुल्य बढेपछी व्यापारीहरु बोरा बोकेर बारी मै आउने गरेको छथर सुदापका किसान झमक बस्नेतले बताउनु भयो । भारतको आसाम, सिलाङ र भुटानमा उत्पादीत वन्दागोभी सकिएकाले नेपालको वन्दाले मुल्य पाएको भारतीय व्यापारीको भनाई छ । बन्दा बिक्रीबाट मात्रै यहाँका किसानले ५० हजार देखी २० लाख सम्म आम्दानी लिँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *