तेह्रथुम २८ भदौ
तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी असोज १८ गते देखी २० गतेसम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
३ दिन सम्म सञ्चालन हुने शिविरमा हाडजोर्नि,मेडिसिन,स्त्री तथा प्रसुती रोग,छाला रोग,जनरल सर्जरी,दन्त रोग,नाक कान तथा घाटी सम्बन्धी,मनोरोग,वालरोग,आखा रोग लगायतको सेवा दिइने भएको गाउँपालिका अध्यक्ष केशब भेटुवालले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । निजामती कर्मचारी अस्पताल मिनभवन काठमाडौको प्राविधिक सहयोग तथा फेदा गाउँपालिकाको साझेदारीमा शिविर संचालन सञ्चालन हुने भएको छ ।
शिविरमा फिजियोथेरापी,ई.सि.जी.,भिडियो एक्सरे,औषधी वितरण,रगत परिक्षण र एक्सरेको सेवा दिईने भएकोले गाउँपालिका साथै छिमेकी क्षेत्रका नागरिकहरुलाई सेवा लिन गाउँपालिका अध्यक्ष भटुवालले आग्रह गर्नु भयो । यो शिविरले आर्थीक रुपमा विपन्न नागरिकहरुलाई राहात मिल्ने भएको छ ।