प्रतिनिधिसभा बैठक ४ बजेका लागि सर्‍यो 

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताहरुको छलफपछि बैठक सारेको हो ।

सिंहरबारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित दलका सचेतक सहभागी थिए ।

सभामुखको सचिवालयका अनुसार सभामुखसहित तीन दलका नेताको बैठक पुनः साढे ३ बजे बस्नेछ । त्यसैले संसद् बैठक ४ बजेसम्मका लागि सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *