पूर्वी स्टारमा १ सय १३ जना सहभागी ।

तेह्रथुम १२ पुष
‘पूर्वको आवाज,पूर्वको सान–पूर्वी स्टार सिजन वान’ भन्ने नाराको साथ सुरु गरिएको पुर्वी स्टार गायन प्रतियोगितामा १ सय १३ जनाले आवेदन दिएका छन् । प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको प्रतियोगिता २८ जना महिला सहित १ सय १३ जनाले आवेदन दिएको पूर्वी स्टारका प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिनुभयो ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना हुन गईरहेको यस गायन प्रतियोगितामा सहभागिताको लागी पुष १० गतेसम्म आवेदन मिती खुल्ला गरिएको थियो । पहिलो अडिसनको नतिजा पुष २० गतेसम्म आउने र अडिसन पास गर्नेले ट्राकमा गित गाएर वाट्एप्स् मार्फत नै पठाउनुपर्ने पूर्वी स्टारका संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार ट्राक राउण्ड पनि पार गर्ने प्रतियोगीहरु लाईभ राउण्डका लागी धरान आउनुपर्ने छ ।

पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । तेस्रो चरण देखि प्रत्येक राउण्डका उत्कृष्टले एक थान गिटार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *