पर्यटक लोभ्याउँदै तेह्रथुमको आठराईमा रहेको छाता ढुंगाा

प्रकाश पाक्साँवा
तेह्रथुम २४ साउन
घाम र पानीबाट बच्नका लागी ओडिने छाता नेपाली समुदायमा कहिले देखी प्रयोगमा आयो भन्ने यकिन त छैन होला तथापी प्रयोगमा ल्याएको समय भने एक सताब्दी भन्दा कमै होला । तर एक सय बर्ष अगाडी नै तेह्रथुम जिल्लाको आठराईमा ढुंगाको छाता निर्माण गरिएको थियो । उक्त छाता अझै पनि रहेको छ । वि.स.१९८१ साल माघ १८ गतेका दिन शुकलाल कन्दङवाले निर्माण गर्नुभएको ढुंगाको छाता यतिखेर भने पर्यटकिय स्थल बनेको छ ।

तेह्रथुमको आठराई गाउँपालिका–५ मा रहेको यो छातेढुंगा हेर्नका लागि पर्यटकहरु टाढाटाढा बाट आउन थालेका छन् । आठराईकै पहिचानसंग जोडिएको छाता जस्तो ढुंगा हेर्नकै लागि यहाँ पुगेको छथर गाउपालिका–३ पंचकन्याका फौदराज लिम्बुले बताउनुभयो । तेह्रथुमको सदरमुकाम म्याङलुङबाट ७५ किलोमिटर पूर्व र पाँचथरको फिदिमबाट १४ किलोमिटर पश्चिममा रहेको यस ठाउँमा छाता आकारका तीनवटा ढुंगाहरु राखिएका छन् । लिम्बूहरुको पुर्खा कन्दङवाहरुले ईतिहास बचाईराख्न ढुंगाका छाता निर्माण गरि गाडिदिएको र यस ठाँउको नाम पनि छातेढुंगा रहन गएको स्थानीयबासी राजमणि थपलिया बताउनुहुन्छ

यस ठाँउमा तीनवटा गोलाकार ढुंगा जमिनमा नहल्लिने गरि गाडिएको छ । ति मध्ये बिचको सबैभन्दा अग्लो ढुंगाको उचाई साढे सात फुट रहेको छ । यि ढुंगाको टुप्पामा साढे ८ फुट लम्बाईको जाँतो जस्तो देखिने छाता ओढाईएका छन् । यस ठाँउमा पर्यटकहरुले वरिपरि नियाल्दै फोटो खिच्ने र मनोरञ्जन लिने गरेको छन् । प्रर्यटन प्रबद्र्धनको प्रचुर सम्भावना बोकेको छातेढुंगा लगायत पालिकाका अन्य ऐतिहासिक क्षेत्रहरुलाई समेटेर पर्यटन बिकासको योजना बनाएको आठराई गाउपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । .आठराईको ऐतिहासिकता संग जोडिएको यस पर्यटकीय स्थलको उचित संरक्षण र सम्वद्र्धन गर्न सके पूर्वको पर्यटकीय क्षेत्रको रुपमा विकास हुने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *