धनकुटाको महालक्ष्मी नगरपालिकामा चौथो मेयर कप फुटबल छनौट प्रतियोगिता सम्पन्न


प्रकाश पाक्साँवा
तेह्रथुम ७ फागुन
महालक्ष्मी नगरपालिका धनकुटामा चौथो मेयर कप फुटबल छनौट प्रतियोगिता सम्पन्न भएको छ । गत ४ गतेदेखी सुरु भएको प्रतियोगिता आईबार सम्पन्न भएको हो । छनौट प्रतियोगितामा महालक्ष्मी १ ले महालक्ष्मी २ लाई २ को विरुद्ध ३ गोल गर्दै प्रथम विजेता बनेको छ ।

त्यस्तै उपविजेता वडा २ भएको छ । त्यस्तै महालक्ष्मी २ कै ए भएको मेयर कप खेलकुद विकास समिती अध्यक्ष नरेन तुम्बाले बताउनु भयो । जितपुर बजार व्यवस्थापन समितीका अध्यक्ष मिक्सन तुम्बा,नगरपालिका कार्यपालिका सदस्य गोकर्ण तुम्बाले विजयीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा १३ वटा टिमको सहभागीता थिए । सम्पन्न प्रतियोगिताबाट २७ जना खेलाडीहरु छनौट भएको छन । प्रतियोगिता महालक्ष्मी नगरपालिकाको सहयोग तथा मेयर कप खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *