धनकुटाको महालक्ष्मी नगरपालिका डाँडागाउँका नितेश निरौलाको लोभलाग्दो फुलखेती

प्रकाश पाक्साँवा
तेह्रथुम १६ कार्तिक
६ रोपनी क्षेत्रफलमा महालक्ष्मी नगरपालिका ३ डाँडागाँउ धनकुटाका नितेश निरौलाले फुलखेती गरेका छन । गतबर्ष दुई वटा गह्रामा फुलखेती गरेका निरौलाले यसबर्ष खेती बिस्तार गरी फुलखेती लगाएका हुन ।

फुल बिक्रीबाट गतबर्ष राम्रो आम्दानी लिए सँगै उहाँले यसबर्ष खेतीलाई विस्तार गरी व्यवसायिक फुलखेती गर्नु भएको हो । तिहार नजिकिन्दै गर्दा उनले लगाएको फुलखेती फुलेर ढकमक बनेको छ । गाउँमै पहिलो पटक यतीधेरै क्षेत्रफलमा फुलखेती निरौलाले गरेसँगै फुलखेती यहाँका युवाहरुको मन तानेको छ । विगतमा उहाँ कृषि प्राविधिकको रोजगार गर्दै आएपछी रोजगारी छाडेर घरैमा व्यवसायिक रुपमा कृषि पेशालाई अगाल्नु भएको हो । उहाँले स्थानीय जातका फुलको बिउ संकलन गरी फुलखेतीलाई व्यवसायिक बनाउनु भएको हो ।

गतबर्ष १९ हजार आम्दानी लिनु भएका निरौलाले यसबर्ष भने फुल बिक्रीबाट मात्रै २ लाख सम्म आम्दानी लिने आशा गरेको बताउनु भयो । ‘उहाँ भन्नु हुन्छ मेरो फुलखेती देखेर विभिन्न ठाउँबाट म्यासेज,कल आउने गरेको छ । फुल खरिदका लागि पनी व्यापारीहरुले फोन गर्न थालेका छन । मैले लगाएको बगान नै खरिद गर्ने व्यापारी आए दिने सोच बनाएको छु ।’

उहाँले खेती सुरु गरेसँगै यहाँका युवाहरु फुलखेती तर्फ आकर्षित बन्दै गएका छन । खेती विस्तार सँगै बजारको फुल बिक्रिको लागी खोजी गरी रहेका छन । फुलखेतीबाट राम्रो आम्दानी लिन सकिने भएको र युवाहरु विदेशमा गएर श्रम गर्नु भन्दा खालि तथा बाँझो जमिनमा खेती गर्न हो भने राम्रो उत्पादन गर्न सकिने स्थानीय युवा तिलाराज निरौलाको भनाई छ ।

यहाँका युवाहरुले दसैं र तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका छन । यो खेती लगाउनाले खाली रहेको जग्गाको सदुपयोगसँगै आम्दानीसमेत हुने भएपछि गाउँमा फूल खेती गर्नेको संख्या बढ्दो छ । क्रृतिक फुलको प्रयोग भई रहँदा गाउँका युवाहरुले गरेको फुलखेतीलाई प्रबर्धन तथा प्रोत्साहन गर्न भने आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *