दिपावली मेलाको अवसरमा भैरहेको फुटबल प्रतियोगिताको दोश्रो पुरस्कार समाजसेवी डाँगीद्धारा १ लाख प्रायोजन

तेह्रथुम । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का बरिष्ठ उपाध्यक्ष
तथा समाजसेवी मोहनकुमार डाँगीले तेह्रथुमको आठराईमा दिपावली मेलाको अवसरमा भैरहेको फुटबल प्रतियोगिताको दोश्रो पुरस्कारको प्रायोजन गर्नुभएको छ । उहाँ आठराई गाउँपालिका वडा नम्वर ३ ह्वाकुमा स्थायी वासिन्दा हुनुहुन्छ भने उहाँ हाल काठमाडौ महानगरपालिका वडा नं. २९, घट्टेकुलो बस्दै आउनुभएको छ ।
तेह्रथुमको आठराईमा दिपावली मेला–२०८० अन्तर्गत मङ्सिर २ गतेदेखि ८ गतेसम्म बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव अन्तर्गत भगवती कप तथा पदम बहादुर थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता भैरहेको छ । ४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको पोखरी माविको खेल मैदानमा हुँदैछ ।
समाजसेवी डाँगी तेह्रथुम पावर कम्पनी लिमिटेड (माथिल्लो खोरूङ्गा खोला जलविधुत आयोजना, ७.५ मेगावाट) का प्रवन्ध संचालक, लालुपाते हाईड्रोपावर कम्पनी प्रा. लि. (दाना खोला जलविधुत आयोजना, ४९.९५ मेगावाट) का कार्यकारी अध्यक्ष समेत हुनुहुन्छ भने नेपाल उद्योग तथा व्यवसायी महासंघका कोषाध्यक्ष, तेह्रथुम सरोकार समाज नेपालका निवर्तमान अध्यक्ष तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटि सदस्य समेत रहनुभएको छ ।
खेलकुद क्षेत्रमा लागेका युवाहरूमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको समाजसेवी तथा (इप्पान) का बरिष्ठ उपाध्यक्ष डाँगीले बताउनुभयो ।
समाजसेवी डाँगीले तेह्रथुमको विकास निर्माण, खेलकुद लगायत विभिन्न कुरामा सहयोग गर्दै आउनुभएको छ । उहाँले ह्वाकुमा रहेको सरस्वती माविलाई १५ रोपनी ४ आना ३ पैसा जग्गा प्रदान गर्नुभएको थियो । उहाँले सोही विद्यालय नजिकै रहेको जग्गा ११ लाख रुपैयामा किनेर माता पिताको नाममा जग्गा प्रदान गर्नुभएको हो । समाजसेवी डाँगीलाई २ वर्ष अगाडी सरस्वती माध्यमिक विद्यालय आठराई गाउँपालिका वडा नम्वर ३ ह्वाकुको ४७ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसर पारेर सम्मान गरिएको छ । उहाँले तेह्रथुममा प्रत्येक वर्ष हुने विभिन्न खेलकुद प्रतियोगितमा यसै गरि सहयोग गर्दै आउनुभएको छ । उहाँले पत्रकार महासंघ तेह्रथुम, आगलागि पिडितहरुलाई पनि सहयोग गरिसक्नुभएको छ ।
मेला अन्तर्गत भगवती कप तथा पदम बहादुर थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिताका साथै पालिकास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला महिला फुटबल प्रतियोगिता, चेश प्रतियोगिता, रेटिङ् टुर्नामेन्ट, ब्याडमिन्टन पुरुष तथा महिला, धान नाच प्रतियोगिता संस्थागत भैरहेका छन् ।
दीपावली मेला २०८० को अवसरमा आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमबाट मंशिर २ गते एक कार्यक्रमका बीच समुद्घाटन भएको छ । उद्धघाटन कार्यक्रममा विभिन्न जात जातीय संस्कृति झल्किने झाँकी समेत प्रस्तुत समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *