तेह्रथुम जिल्लाबाट उत्कृष्ट महिला स्वयंसेविका रुपमा छनौट भएकी गोमा भट्टराई प्रदेश सरकारबाट सम्मानित


प्रकाश पाक्साँवा
तेह्रथुम ८ फागुन
प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा आयोजित महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा तेह्रथुम जिल्लाबाट उत्कृष्ट राष्ट्रिय सामुदायिक महिला स्वयंसेविकाको रुपमा छनौट हुनु भएका छथर गाउँपालिका १ आङदिमकी गोमा भट्टराई सम्मानित हुनु भएको छ ।

आधारभुत स्वास्थ्य सेवाको कार्यमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै मुख्यमन्त्री केदार कार्कीले सम्मान गर्नु भएको हो । प्रदेशका १४ वटै जिल्लाबाट एक एक जना महिला स्वयंसेविका छनौट भएका थिए । प्रदेश सरकारले गरेको महिला स्वयंसेविकाहरुलाई सम्मान कार्यक्रमले ग्रामिण क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप उर्जा र हौसला दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *