तेह्रथुम ओयाक्जुङका आन्द्रामा घाउ भएका महाप्रसाद दुलाललाई प्रवासबाट सहयोग (दाताहरुको नामावली सहित)

प्रकाश पाक्साँवा
तेह्रथुम २ मंसिर
उपचारमा समस्या भएका तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका २ साविक ओयाक्जुङ ५ का महाप्रसाद दुलालको आन्द्रामा घाउ भएपछी आर्थीक समस्याका कारण उपचारमा समस्या हुँदै आएको थियो । आर्थीक समस्या कै कारण उपचारमा समस्या भएका दुलालको बारे समाचार प्रकाशन तथा प्रसारण भए सँगै प्रवासमा रहेका युवाहरुबाट सहयोग संकलन गरिएको रकम शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

पीडितका बुवा लेख प्रसाद दुलाललाई म्याङलुङ नगरपालिकाको जिरीखिम्ती बजार स्थीत वृद्ध विश्राम तथा परोपकार केन्द्रमा संकलित १ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । इजरायलमा रहेका देव बास्कोटा र धनप्रसाद पौडेल मलेसिया, दुर्ग बहादुर कार्की,बिरेन्द्र लिम्बु रेशम मिरार बिशाल भुजेल टेकबहादुर साउद,बिष्णु कार्की र रोहित कार्कीको अभीयानमा सहयोग रकम सकंलन गरिएको ईजरायलबाट देव बास्कोटाले बताउनु भयो । पिडीत परिवारलाई म्याङलुङ नगरपालिकाका नगरप्रमुख सन्जय तुम्बाहाम्फेले हस्तान्तरण गर्दै सहयोगी दाताहरु प्रति सम्मान व्यक्त गर्नु भयो । त्यस्तै नगरपालिकाका उपप्रमुख जमुना कार्की सुबेदीले प्रवासमा आफुले बगाएको पसिनाको कमाई गाउँका दुरदराजमा रहेका दुखी पिडितलाई सहयोग गर्नु नै महान काम रहेको बताउनु भयो ।

४० बर्षका दुलाल उपचारको क्रममा अहिले बिराटनगर स्थीत नोवेल अस्पतालमा उपचारत छन । प्रवासबाट सहयोग प्राप्त सँगै पीडित बिरामीलाई राहात मिलेको उनका बुवा लेख प्रसाद दुलालले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य परोपकार केन्द्र सांगितीक विभाग प्रमुख युवराज फुयालले राख्नु भएको थियो । त्यस्तै हेम एण्ड माया फाउण्डेशनका प्रदेश नं १ का अध्यक्ष मित्र नेपालीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन केन्द्र सचिव तथा समाजसेवी सुविन्द्र थेगुवाले गर्नु भएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम जिरिखिम्ती वृद्ध विश्राम तथा परोकार केन्द्रको आयोजनामा गरिएको थियो । प्रवासमा रहेका युवाहरुले दुर्गम गाउँमा रहेका आर्थीक अभावका बिरामी तथा पीडितहरुलाई सेवा गर्नुले समाजमा सहयोगी भावनाको विकास हुँदै गएको छ ।

सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ ।

१ देव बास्कोटा १०,०८४
२।पदमलाल पौडेल ७,८००
३।सुरेस सुब्बा २,०२०
४।सुबास गिरि ३,५००
५।रन्जित लिम्बू ८,३४०
६।रितु पुरि ३,५००
७।करण कार्की ५,०००
८।खड्ग ब।कार्की परिवार १०,०००
९।सन्जय लिम्बू २,८००
१०। कृष्ण ढकाल ५,०००
११। रोहित कार्कीको पहलमा ४,०००
१२।,सुमन बुडाथोकी पिप्ले १,४००

९१३।दुर्गा ब कार्की ४,२९०
बिरेन्द्र लिम्बू प्रजाङ्ग ४,३१८
रेसम मिरार चितवन ५८८
विशाल भुजेल कास्की ८४०
टेक ब।साउथ डडेलधुरा ३०८
सहित ५ जनाको अभियान मार्फत जम्मा मलेसिया देखी ६३,१०० नेपाली
१४बिस्नु कार्की को पहलमा मलेसिया देखी १८,२५६ गरि जम्मा १ लाख ४५ हजार रुपैयाँ ० संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *