प्रकाश पाक्साँवा
तेह्रथुम २६ कार्तिक
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थल लसुने बजारमा दिपावलीको अवसरमा
दोश्रो दिपावली कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधी कालिका सामुदायिक युथ क्लब लालीगुराँसले उचालेको छ ।
कुसाङ एफसी सुङनामलाई १ को विरुद्ध २ गोल गर्दै उपाधी उचालेको हो । उपाधी उचाले सँगै दोश्रो दिपावली कप, नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको कुसाङले ५० हजार ५ सय ५५ रुपैयाँ नगद ,प्रमाणपत्र,मेडलमा चित्त बुझाएको छ । विजेता र उपविजेता हुनेलाई लालीगुराँस नगरपालिका प्रमुख अर्जनु माबोहाङ उपप्रमुख जमुना मगर कार्कीले पुरस्कार प्रदान गर्नु भएको थियो । लालीगुराँस नगरपालिकाको सहयोग तथा रियल लसुने युवा क्लबको अयोजनामा प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष रतन लिम्बुले बताउनु भयो ।
प्रतियोगिता कार्तिक २० गतेदखी २५ गतेसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा विभीन्न जिल्लाका १२ वटा टिमको सहभागिता रहेको खेल संयोजक सुमन लिम्बुले बताउनु भयो । क्लबले विगत बर्षदेखी नै विभीन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।