जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोटमा १‍‍० जनाको मृत्यु

जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा १‍‍० जनाको मृत्यु भएको छ । वडा नम्बर ११ का सातजना र वडा नम्बर १२ का तीजनाको मृत्यु पुष्टि भएको नगरपालिका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन् ।

“१० जनाको मृत्यु भयो । घाइतेहरू पनि धेरै छन् । नगर अस्पतालमा केहीको उपचार भइरहेको छ । अझै ल्याउने क्रम जारी छ,” उनले भनिन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *