जाजरकोट भुकम्प दुई जिल्लामा ६५ जनाको मृत्यु

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति ६.४ रेक्टरस्केलको भूकम्प जाँदा ३७ जनाको मृत्यु भएको छ ।  यस्तै रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।

जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको  प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका हुन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा‍. लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको दिए। जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। श्रोत थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *