प्रकाश पाक्साँवा
तेह्रथुम १ कार्तिक
छथर जोरपाटी गाउँपालिकाको वडा नं ६ धनकुटामा बडादशै २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । छथर जोरपाटी गाउँपालिका वडा नं ६ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरुले अरुको देखासेखी भन्दा पनि आफ्नो हैसियत अनुसार पर्व मनाउनु पर्ने कुरालाइ जोड दिएका थिए । चाडपर्वको नाम हुने विकृति विंसगतीलाइ अन्त्य गर्दै जानू पर्ने बताएका छन । कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवाले उद्घाटन गर्नु भएको थियो ।
वडाध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम वडाका प्राविधिक विष्णुदेव यादवले संचालन गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि,राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुहरुको सहभागीता रहेको