प्रकाश पाक्साँवा
तेह्रथुम ३ असोज
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजार फुलकोपी चौकमा नेपालको झण्डा राखिएको छ । फुलकोपी चौकमा रहेको फुलकोपीको स्तम्भमा जनप्रतिनिधी बजारबासी सुरक्षाकर्मी तथा स्थानीयबासीको सहभागीतामा झण्डा राखिएको वडाध्यक्ष दिपक गुरुङले बताउनु भयो ।
झण्डा सँगै चौकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताउनु भयो । चौक परिसरमा सरसफाइ समेत गरिएको छ ।