छथर जोरपाटी गाउँपालिका ६ मा २० औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

प्रकाश पाक्साँवा
तेह्रथुम २० मंसिर
छथर जोरपाटी गाउँपालिका ६ धनकुटामा २० औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । परेवादिन स्वास्थ्यचौकीको आयोजना तथा छथर जोरपाटी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

‘स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वयं सेविकाको संयुक्त प्रयास’,भन्ने मुल नाराका साथ स्वास्थ्यचौकीले प्रतियोगिता आयोजना गरि दिवस मनाएको स्वास्थ्यचौकी प्रमुख चेतविर थापाले बताउनु भयो । गाउँपलिकाको वडा नं ५ र ६ का महिला स्वयं सेविकाहरुको सहभागीता रहेको प्रतियोगितामा ईन्द्रकुमारी लिम्बुको समुह प्रथम,अर्पना राईको समुह दोश्रो र सावित्रा बस्नेतको समुह तेश्रो भएका थिए ।

विजयी भएका समुहहरुलाई पुरस्कार प्रमाणपत्र र यातायात खर्च छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङ,छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोल र सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक केदार अधिकारीले प्रदान गर्नु भएको थियो । स्वागत टिकालक्ष्मी तिम्सीनाले राख्नु भएको थियो । गाउँपालिकाले विगतका बर्षहरुका दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताउनु भयो । छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *