प्रकाश पाक्साँवा
तेह्रथुम २१ असोज
छथर जोरपाटी गाउँपालिका धनकुटामा आपाङगता भएका व्याक्तीहरुको तथ्याङक संकलन तथा अध्यावधिक हुने भएको छ । गाउँपालिकाको सवै वडाहरुमा रहेका छुटेका सम्भावित आपाङगता भएका व्याक्तीहरुको तथ्याङकमा संकलन तथा अध्यावधिक हुने भएको गाउँपालिकाले जनाएको छ ।
यही असोज २३ देखी गाउँपालिकाको वडा नं १ बाट तथ्याङकमा संकलन तथा अध्यावधिक हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिनु भयो । गाउँपालिको असोज २१ मा सार्वजानिक सुचना जारी गर्दै तथ्याङकमा संकलन तथा अध्यावधिक हुने जनाएको छ ।
थप जानकारीको लागी सुचना हेर्नुहोस् ।