प्रकाश पाक्साँवा
तेह्रथुम ३ असोज
छथर जोरपाटी गाउँपालिका धनकुटाले संबिधान दिवस भव्य रुपमा मनाएको छ । जनप्रतिनिधी कर्मचारी तथा स्थानीयबासीको सहभागीतामा दिवस मनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताउनु भयो ।

नेपालको संबिधान प्रति अटुट आस्था विश्वासका साथ संबिधानको रक्षाका निम्ती गाउँपालिका बफाद।र रहेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । गाउँपालिका परिसरमा दिपप्रज्वलन गर्दै स्थानीय र संघीय सरकार बिच संबिधानले पुलको काम गर्दै आएकोले स्थानीय सरकार संबिधानको कार्यन्वयनमा ूस्थानीय सरकार प्रतिबद्ध रहेको वडा नं १ का वडाध्यक्ष गोविन्द लिम्बुले बताउनु भयो । संबिधानले नेपाली जनतालाई स्वतन्त्रताका साथै अधिकार प्रद्धत्त बनाएको समाजसेवी ईन्द्र गुरुङले बताउनु भयो । गाउँपालिकाको सवै वडाहरुमा दिवसलाई भव्यताका साथ मनाइएको गाउँपालिकाले जनाएको छ ।