छथर जोरपाटी गाउँपालिकामा दादुरा रुवेला खोप अभीयान पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न


प्रकाश पाक्साँवा
तेह्रथुम २३ फागुन
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा दादुरा रुवेला खोप अभीयान सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय अभीयानको रुपमा रहेको दादुरा रुवेला खोपलाई प्रभावकारी बनाउन नियमित खोप केन्द्र र अभीयानका क्रममा थपिएका गरी जम्मा ३४ वटा खोप केन्द्रबाट खोप दिईने भएको छ ।

९ महिना देखी ५ बर्ष मुनीका बालबालिकाहरु खोप दिईने भएको छ । गाउँपालिकाको स्वास्थ्यले १३ सय ७० जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य प्रमुख सुन्दरमान डंगोलले बताउनु भयो ।कार्यक्रममा ददुरा रुवेला रोग भनेको के हो ? अभीयानको अवस्यकता,लक्षित समुह र अभीयान सञ्चालन हुने मिती र स्थान जानकारी गराइएको थियो ।

गाउँपालिका अध्यक्ष, छत्र सुब्बा,उपाध्याक्ष,गिता गुरुङ खेवा,निमित्त प्रमुख प्रशासकीय,वडाध्यक्षहरुको साथै पालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सह संयोजक दिनप्रसाद दुलालले गर्नु भएको थियो ।

उक्त अभियानका क्रममा निमियत खोपमा छुटेका बालबालिकाहरुलाई समेत खोप लाईने भएको छ । थप खोप लिनको लागि नियमित लगाइ रहेको खोप कार्ड अनिवार्य ल्याउनु पर्ने शाखाले जनाएको छ । त्यस्तै वडाहरुमा वडा खोप समन्वय समिती, खोप केन्द्रमा खटिने खोप कार्यकर्ता तथा स्वयंसेवकहरुलाई वडामा रहेका स्वास्थ्य संस्थाहरुमा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन भई रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *