छथर जोरपाटी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनौटमा चुलाचुली मा.बि प्रथम

प्रकाश पाक्साँवा
तेह्रथुम २५ माघ
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा आयोजित तेश्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ८ रजत ३ कास्य प्राप्त गर्दै चुलाचुली माध्यमिक बिद्यालय ताङखुवा प्रथम भएको छ ।

सगरमाथा माध्यमिक बिद्यालय सिधुवा ६ स्वर्ण,८ रजत र ९ कास्य सहित दोश्रो भएको छ । त्यस्तै सरस्वती माध्यमिक बिद्यालय सिधुवा ४ स्वर्ण,५ रजत र १० कास्य सहित तेश्रो भएको आयोजक बिद्यालयका प्रधानध्यापक केदार प्रसाद अधिकारीले बताउनु भयो । विजयी बिद्यालय तथा बिद्यार्थीहरुलाई छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले पुरस्कार प्रदान गर्नु भएको थियो । १३ वटा माध्यमिक बिद्यालय रहेको गाउँपालिकामा आयोजित प्रतियोगितामा ७ वटा बिद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगितामा विभीन्न विधामा ५६ बिद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन । प्रतियोगिता छथर जोरपाटी गाउँपालिकाको सहयोग तथा सरस्वती माध्यमिक बिद्यालयको आयोजनामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *