छथर जोरपाटी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ र २४ गते छनौट हुने

प्रकाश पाक्साँवा
तेह्रथुम १९ माघ
छथर जोरपाटी गाउँपालिका धनकुटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ र २४ गते छनौट हुने भएको छ । छनौट प्रतियोगिता गाउँपालिकाको सरस्वती माध्यमिक बिद्यालय सिधुवामा हुने भएको गाउँपालिकाले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगि संचालन निर्देशिका २०७० (संसोधन सहित) अनुसार खेलहरु संचालन हुने भएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । गाउँपालिका भित्र संचालित सबै सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा नियमित अध्यायन गर्दै आएका छात्रछात्राहरु मात्रै प्रतियोगितामा सहभागी हुन पाउने भएका छन ।

प्रतियोगिताहरु भलिबल,कवड्डी र एथ्लेटिक्स तर्फका खेल सञ्चालन हुने भएको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङ बताउनु भयो । छनौट प्रतियोगिता छथर जोरपाटी गाउँपालिकाको सहयोग तथा सरस्वती माध्यमिक बिद्यालय सिधुवाको आयोजनामा हुने भएको हो ।

गाउँपालिकाको सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *