छथर जोरपाटी गाउँपालिकामा उपाध्यक्ष संग गर्भवती आमा र शिशु पोषण भक्ता वितरण

प्रकाश पाक्साँवा
तेह्रथुम २ कार्तिक

छथर जोरपाटी गाउँपालिका धनकुटाले गाउँपालिका उपाध्यक्ष सँग गर्भवती आमा र शिशु पोषण कार्यक्रम मार्फत सुत्केरी महिलालाई पोषण भक्ता प्रदान गर्दै आएको छ । गाउँपालिकामा रहेका गर्भवती आमा तथा शिशुहरुलाई पोषण भक्ताको रुपमा एकमुष्ठ ९ हजार रुपैयाँ वितरण गरेको हो ।

दशैको मुखमा सुत्केरी आमाहरुलाई गाउँपालिकाको वडाको स्वास्थ्यचौकी पुगेर गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा,वडाध्यक्ष,स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलका साथै स्वास्थ्यकर्मीहरुको उपश्थीतिमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार बुधबार मात्रै वडा नं ४ मा ६ जना वडा नं ३ मा ६ जना वडा न ं६ मा ८ जना गरी जम्मा २० जनालाई वितरण गरिएको छ । छथर गाउँपालिका भित्र स्थाई बसोबास गर्दै आएका नागरिकहरुले स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई मात्रै प्रदान गरिने भएको छ । गाउँपालिकाका अनुसार दुइवटा बच्चासम्मलाई मात्रै पोषण भक्ता वितरण गर्ने निती ल्याएको छ ।

नेपालमा गर्भवती तथा सुत्केरी नवशिशुमा कुपोषण समस्या भएको कुपोषणका कारणले गर्दा शिशुरुको शारिरीक मानसिक बौद्धिक विकास कम हुने भएकाले पोषणको कार्यक्रम गाउँपालिकाको ल्याएको जनाएको छ । पोषण भक्ता वितरण कार्यक्रम ल्याए सँगै आर्थीक रुपमा विपन्न परिवारका गर्भवती महिलाहरुलाई राहात पुग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *