छथर जोरपाटी गाउँपालिकामा कबडहल बन्दै

प्रकाश पाक्साँवा
तेह्रथुम २१ असोज
खेलाडीहरुलाई खेल मैदान तथा कबडहल नहुँदा विभीन्न समस्याका बिच खेलकुद कार्यक्रमहरु सञ्चालन गनुपर्ने बाध्यता रहँदै आएको छ । यसै बिच छथर जोरपाटी गाउँपालिका धनकुटामा कबडहल निमार्ण हुने भएको छ । गाउँपालिकाले आर्थीक बर्ष २०८०÷०८१ को गाउँसभाबाट ४ लाख रकम विनियोजन गरी कबडहल निमार्ण सुरु गरीएको हो । गाउँपालिकाले रकम विनियोजन गरेसँगै हल निमार्ण सुरु सँगै स्थानीयबासी,कर्मचारी तथा खेलकुदप्रेमीहरु श्रमदान जुटेका छन । खेलाडीहरुको समस्यालाई मध्यनजर गरी जिल्ला कै राम्रो कबडहल निमार्णमा जुटेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो ।

हल नहुँदा यहाँका खेलाडीहरु बर्षेदेखी खुल्ला आकाशमा विभीन्न समस्याका बिच खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका थिए । कबडहल भन्दा पनि सामुदायिक भवनको रुपमा विकास गरी बहुउदेश्य सामुदायिक भवन बनाउने उदेश्यका साथ काम सुरु गरीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीको भनाई छ ।

गाउँपालिका नजिकै निमार्ण सुरु गरीएको हल तिब्र रुपमा काम भई रहेको छ । गाउँपालिकाले खेलकुद विकासको निम्ती रकम विनियोजन गरी हल निमार्ण गरे सँगै यहाँका खेलाडीहरुलाई सहज बन्ने स्थानीय ईन्द्रबहादुर गुरुङले बताउनु भयो ।

ब्याडमिन्टन लगायतका खेलकुद कार्यक्रमहरु हल नहुँदा हावाहुरीको समयमा खुल्ला आकाशमा सञ्चालन गर्न समस्या हुँदै आएको थियो । हल निमार्ण सँगै यहाँका खेलाडीहरुले बर्षाेदेखी भोग्दै आएको समस्याबाट मुक्त हुने आशा गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *