छथर जोरपाटी गाउँपालिकामा अपाङगता भएका व्याक्ती तथा बिद्यार्थीहरुलाई सामाग्री प्रदान

प्रकाश पाक्साँवा
तेह्रथुम ९ असोज
छथर जोरपाटी गाउँपालिका धनकुटाले अपाङगता भएका व्याक्ती तथा बिद्यार्थीहरुलाई सामाग्री प्रदान गरेको छ । गाउँपालिकाको ६ वटै .वडाहरुमा रहेका १५ अपाङगता भएका व्याक्तीहरुलाई सहायक सामाग्री र हरेक वडामा बिद्यालय गई रहेका २÷२ जना गरी १२ जना आपाङगता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

गाउँपालिकाको टोलिले वडा वडामा पुगेर प्रदान गरिएको छ । गाउँपालिकाले आर्थीक २०७९÷८० अन्तरगत यस अघि अन्तराष्ट्रिय आपाङगता दिवसको अवसरमा ६ जनालाई ह्यारिङ मेसिन, ३ जनालाइ सिपी ह्युलचेयर घरैमा पुगेर वितरण गरि सकेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । अपाङता भएका व्याक्तीहरुको आश्यकता र मागको आधारमाा आपाङगता भएका व्याक्ती तथा बिद्यार्थीहरुलाई सहायक सामाग्री तथा शैक्षिक सामाग्री वितरण गरएको हो । गाउँपालिकाले आपाङगता भएका नागरिकहरुको लागी विभीन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले जिवन यापनमा सहजता दिएको गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवाले बताउनु भयो ।

गाउँपालिकाले सामाग्री मात्र नभई आपाङता भएका ह्युलचेयर प्रयोग गर्र्दै आएका ब्याक्तीहरुको जिवनस्तरमा सुधार ल्याउन तथा थप जिवन शैली सहज बनाउनका लागि गाउँपालिकाको वडा ३ र ४ मा आपाङमैत्री संरचना अन्तरगत आपाङमैत्री शौचालय निमार्ण गरि दिएको छ । आपाङता भएका व्याक्तीहरु र बिद्यालय गई रहेका आपाङता भएका बिद्यार्थीहरुलाइ सामाग्री वितरण मात्र नभई उनका परिवारहरुलाई सिपमुलक कार्यक्रममा जोड्न गाउँपालिकाले काम गर्दै आएको महिला तथा बालबालिका शाखा प्रमुख एलिना निरौलाले बताउनु भयो ।

करुणा फाउण्डेशसन नेपाल जिल्ला कार्यालय धनकुटाका फिजियोथेराफिष्ट मनिसा चौधरीले सहायक सामाग्रीको प्रयोग तथा प्रयोग गर्न तरिकाको बारे ज्ञान दिँदै आउनु भएको छ । स्थानीय सरकारले सञ्चालन गरेको यो कार्यक्रमले आपाङगता भएका बिद्यार्थीहरुलाई हिनताबोध हटनुको साथै आपाङता भएका नागरिकहरुलाई सहयोग गर्नु भएको देशको नागरिकको रुपमा महशुस दिलाउने गरेको शिक्षक खगेन्द्र तामाङको भनाई छ ।

गाउँपालिकाले आपाङगता रोगथाम तथा पुर्नस्थापना कार्यक्रम मार्फत आपाङगता भएका व्याक्ती तथा बिद्यार्थीका साथै नागरिकहरुलाई विभीन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ । आगामी बर्षहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आर्थीक विनियोजन गरी अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *