प्रकाश पाक्साँवा
तेह्रथुम ७ असोज
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले अपाङता भएकालाई सहायक सामाग्री प्रदान गरेको छ । आईतबार गाउँपालिकाले वडा नं १,२ र ६ मा आपाङ भएकाहरुलाई सामाग्री प्रदान गरेको हो । आपाङगता रोकथाक तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत वडा नं १ मा २ जना बिद्यालय गई रहेको बिद्यार्थीलाई स्कुल व्याग र २ जना आपाङता भएकालाई सहायक सामाग्री प्रदान गरिएको छ ।

आपाङता भएका बिद्यार्थी तथा ब्याक्तीहरुलाई गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा वडाध्यक्ष गोविन्द कार्यपालिका सदस्य मिना लिम्बु र धनमाया बिश्वकर्माले प्रदान गर्नु भएको थियो । त्यस्तै वडा नं २ मा २ जना बिद्यालय गई रहेका आपाङगता भएका बिद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरिएको छ । गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा ओपिडी उपाध्यक्ष भद्र बाजिम्पाकले प्रदान गर्नु भएको हो । वडा नं ६ मा २ जना बिद्यालय गइ रहेका आपाङगता बिद्यार्थीहरुलाई स्कुल ब्याग र १ आपाङगता भएकालाई सहायक सामाग्री र वडा नं ५ का १ जना बिद्यालय गई रहेका आपाङता बिद्यार्थीलाई स्कुल ब्याग गरिएको महिला तथा बालबालिका शाखा प्रमुख आपाङगता रोकथाक तथा पुर्नस्थापना कार्यक्रममा फोकलपर्सन एलिना निरौलाले बताउनु भयो । गाउँपालिकाका अनुसारका ६ वटै वडाका १५ जना आपाङगता भएका ब्याक्तीहरुलाई सहायक सामाग्री र १२ आपाङगता भएका बिद्यार्थीहरुलाई स्कुल ब्याग असोज ७ र ८ गते तेश्रो चरण अन्तरगत प्रदान गरिएको छ ।


वडा नं ६ मा गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा,वडाध्यक्ष दिपक गुरुङ र स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले प्रदान गर्नु भएको थियो । करुणा फाउण्डेशसन नेपाल जिल्ला कार्यालय धनकुटाका फिजियोथेराफिष्ट मनिसा चौधरीले सहायक सामाग्रीको प्रयोग तथा प्रयोग गर्ने तरिकाको बारे आपाङ भएका व्याक्ती तथा अभीभावकहरुलाई सिकाउनु भएको थियो । गाउँपालिकाले आर्थीक २०७९÷८० अन्तरगत यस अघि अन्तराष्ट्रिय आपाङगता दिवसको अवसरमा ६ जनालाई ह्यारिङ मेसिन, ३ जनालाइ सिपी ह्युलचेयर,३ घरैमा पुगेर वितरण गरि सकेको जनाएको छ ।

अपाङता भएका व्याक्तीहरुको आश्यकता र मागको आधारमाा आपाङगता भएका व्याक्ती तथा बिद्यार्थीहरुलाई सहायक सामाग्री तथा शैक्षिक सामाग्री वितरण गरएको हो । गाउँपालिकाले सामाग्री मात्र नभई आपाङता भएका ह्युलचेयर प्रयोग गर्र्दै आएका ब्याक्तीहरुको जिवनस्तरमा सुधार ल्याउन तथा थप जिवन शैली सहज बनाउनका लागि गाउँपालिकाको वडा ३ र ४ मा आपाङमैत्री संरचना अन्तरगत आपाङमैत्री शौचालय निमार्ण गरेको जनाएको । आगामी बर्षहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आर्थीक विनियोजन गरेको जनाएको छ ।