छथर जोरपाटीको सिधुवा बजारमा डेङु रोग निन्यत्रण तथा सचेतना कार्यक्रम सम्पन्न

प्रकाश पाक्साँवा
तेह्रथुम १७ असोज
छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजार धनकुटामा डेङु रोग नियन्त्रण तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा सिधुवाको आयोजना तथा जिल्ला शाखा ,प्रदेश शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

सचेतना कार्यक्रम बजारमा –यार्ली निकाल्दै नागरिकहरुलाई डेङु रोग सम्बन्धी माईकिङ गरी सचेतना गराउनुको साथै पर्चा वितरण गरिएको थियो । डेङु रोगको संक्रमण नियन्त्रण तथा लार्भा खोज नष्ट सम्बन्धी कार्यक्रम अन्तरगत नागरिकहरुलाई सचेतना गराइएको रेडक्रस उपशाखा सिधुवाका उप सभापती सुन्दरमान डंगोलले बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रम सोसाइटी प्रदेशका अध्यक्ष नरेन्द्र पोख्रेल,जिल्ला शाखा सभापती छत्रकुमार श्रेष्ठ,छथर जोरपाटी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दिपक गुरुङ, उपशाखा सिधुवाका सभापती निलबहादुर थापा,परेवादिन स्वास्थ्यचौकी प्रमुख चेतविर थापा र आई.एफ.आर.सि.का प्रतिनिधीले रोग सम्बन्धी आ आफ्नो धारण राख्नु भएको थियो ।

कार्यक्रममा प्रहरीचौकी,बैक तथा बित्तिय संस्था,परोपकार समाज,सिधुवा छथर जोरपाटी सामुदयिक पुस्तकालय तथा श्रोत केन्द्र साथै बजारबासीहरुको सहभागीता रहेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *