छथर गाउँपालिका अध्यक्ष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक,१६ टिमको सहभागीता

प्रकाश पाक्साँवा
तेह्रथुम ११ भदौ
ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष आमन्त्रित कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ । भदौ १२ गतेदेखी सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको हो ।

प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ भने तालिका अनुसार भदौ १२ गते देखी सुरु हुने भएको आयोजक रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला २०८० आयोजक समितीले जनाएको छ । प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले प्रहर मिडीयालाई बताउनु भयो ।

प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने तालिकामा जनाइएको छ ।
प्रहर मिडियाको अनुमती बिना समाचार कपी गर्न पाईने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *