प्रकाश पाक्साँवा
तेह्रथुम १२ भदौ
ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा तेह्रथुमको छथर गाउँपालिका सुक्रबारेमा आयोजित चोथो गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
प्रतियोगितको पहिलो खेलमा म्याङलुङ नगरपालिकाले छथर गाउँपालिकालाई पेनल्टीमा ६ को विरुद्ध ७ गोल गर्दै पहिलो जित हात पारेको छ । त्यस्तै नव जागृती युवा क्लब धनकुटा ७ ले एफसि फाक्चामारालाई ० को विरुद्ध १ गोल गर्दै विजयी बनेको फुटबल खेल संयोजक रुपम अधिकारीले जानकारी दिनु भएको । त्यस्तै लालीगुराँस नगरपालिका र मुनाल युवा क्लब जलजले बिच अहिले खेल भई रहेको आयोजकले प्रहर मिडियालाई जानकारी दिएका छन । प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने छ ।