प्रकाश पाक्साँवा
तेह्रथुम १२ भदौ
ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा तेह्रथुमको छथर गाउँपालिका सुक्रबारेमा आयोजित चोथो गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता आज पहिलो दिन तिन खेल सम्पन्न भएका छन ।
प्रतियोगितको पहिलो खेलमा म्याङलुङ नगरपालिकाले छथर गाउँपालिकालाई पेनल्टीमा ६ को विरुद्ध ७ गोल गर्दै पहिलो जित हात पारेको छ । त्यस्तै नव जागृती युवा क्लब धनकुटा ७ ले एफसि फाक्चामारालाई ० को विरुद्ध १ गोल गर्दै विजयी बनेको फुटबल खेल संयोजक रुपम अधिकारीले जानकारी दिनु भएको ।
त्यस्तै लालीगुराँस नगरपालिका र मुनाल युवा क्लब जलजले बिच भएको खेलमा लालीगुराँस नगरपालिकाले वाकओभर दिए सँगै मुनाल जलजले विजयी भएको आयोजकले प्रहर मिडियालाई जानकारी दिएका छन । प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने छ ।