प्रकाश पाक्साँवा
तेह्रथुम ३ फागुन
तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पालिका स्तरीय छैटौ प्रतियोगिता तथा पन्ध्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आज गाउँपालिकाको केन्द्र सुक्रबारे बजारमा एक भव्य कार्यक्रमका बिच प्रतियोगिता सुरु भएको हो । गाउँपालिकामा रहेका माध्यमिक बिद्यालयहरुले भव्य यार्लीको साथमा उद्धघाटन कार्यक्रममा सहभागिता जनाएका छन ।
खेलकुद क्षेत्रमा स्थानीय प्रतिभाको पहिचान ,प्रोत्साहन र संरक्षण गर्ने उद्देश्यका साथ गाउँपालिकाले विगत ६ बर्षदेखी निरन्तर यस प्रतियोगितालाई सञ्चालन गर्दै आएको जनाएको छ । प्रतियोगितामा भाग लिने विद्यालयहरु बिच आन्तरिक प्रतिष्पर्धाबाट जिल्ला स्तरीय प्रतियोगितामा विद्यार्थी छनौट हुने भएका छन । छथर गाउँपालिकाको उज्वल भविश्यलाई संरक्षण गर्दै खेलकुद क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।
प्रतियोगितामा छात्र,छात्राको भलिबल, कवडीका साथै एभ्लेटिक्सका खेलहरु सञ्चालन आजैदेखी सुरु भएका छन । बालबालिकाहरुको चौतर्फी विकास गर्ने उदेश्यका साथ खेलकुद प्रतियोगिताहरु सञ्चालन हुँदै आएको नविन शिक्षा सदन माध्यमिक बिद्यालय छथर गाउँपालिका ४ फाक्चामाराका प्रधानध्याक कृष्ण निरौलाले बताउनु भयो । ९ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको यस प्रतियोगिता ५ गतेसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगिता बिद्यालय स्तरमा आध्ययन गर्दै आएका बिद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाउने गरेका छन ।