छथर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास,गाउँपालिका अध्यक्ष तिगेलाद्धारा ४० वटा योजनाको माग

प्रकाश पाक्साँवा
तेह्रथुम १० माघ
छथर गाउँपालिका तेह्रथुमको प्रशासकीय भवनको बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले गाउँपालिकाको प्रसाशकीय भवनको शिलान्यास गरेकी हुन । शिलान्यास गर्दै मन्त्री गुरुङले स्थानीय संस्कृती हाम्रो सांस्कृतिक पहिचान च्याब्रङमा भवनको शिलान्यास गरिएकोले भोलीको दिनमा भवन निमार्णको लागी शहरी विकास मन्त्रालय र आफ्नो क्षेत्रबाट लाग्ने प्रतिबद्धता गरेकी छिन् ।

‘तेह्रथुमको विकासको निम्ती विगत लामो बर्षदेखी आफ्नो ठाउँबाट काम गर्दै आएको छु । समग्र जिल्लाको विकासको निम्ती मैले धेरै योजनाहरुमा बजेट विनियोजन गरी विकासलाई जोड दिँदै आएको छ’ु । उनले भनिन् । छथर गाउँपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले नेपालको संविधानले संघीयताको सफल कार्यान्वयका लागि मार्गनिर्देशन गरे बमोजिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विचको सहकार्य, समन्वय र सहयोगमा मात्र जनअपेक्षित विकास कार्यहरु सञ्चालन गर्न सम्भव भएको छथर गाउँकार्यपालिकाको कार्यालयले संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी विभिन्न विकासात्मक कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्दै आएको बताए ।

गाउँपालिका अध्यक्ष तिगेलाले सोही अवसरमा छथरको ६ वटा महत्वपुर्ण ध्यानाकर्षणहरु कोशी प्रदेशको गौरवको योजनाको रूपमा रहेको ७६२ मेघावट तमोर जलासययुक्त आयोजना तेह्रथुम जिल्लाको समृद्दीको मेरूदण्ड रहेको र यस छथर पालिकाको भुगोलमा मुख्य निर्माण स्थल रहने आयोजनाले छथरेजनताको जिवनमा आमुल रूपान्तरणमा योगदान समेत गर्ने भएकाले अविलम्ब प्रारम्भ गर्न आवश्यक पहलकदमी ,तेह्रथुम धन्कुटा जिल्लाको छथर गाउँपालिका, लालिगुरास नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउपालिकाको संगमफस्थल पटेक डाँडामा बुद्द पार्क निर्माण गरी वसन्तपुर, चित्रे, मार्घापोखरी, शुक्रवारे, डङ्डङ्गे, सिधुवा बजारलाई पर्यटकीय चक्र सहित तमोर(पटेक तिनजुरे मिल्के जल्जले पर्यटन विकासमा आवश्यक पहलका लागी ध्यानाकर्षण गराएका छन ।

त्यस्तै तेह्रथुम जिल्लाको छथर गाउँपालिका र आठराई गाउँपालिकामा तिब्र बजारिकरण, पुर्वधार विकासको पर्याप्तता, मध्यपहाडी लोक मार्ग र तमोर करिडोरको संगम, तमोर जलासय युक्त आयोजनाको सम्भाब्यता र अनुमानित बसोवास, नगरपालिका का सुचक र मापदण्ड का आधारमा जिल्लाको २ पालिकालाई नगरपालिका घोषणा गर्ने कार्यमा पहल कदमी लिन अनुरोध गरेका छन । छथर गाउँपालिकाको मात्र नभई जिल्ला र कोशी प्रदेश भरी नै दुग्ध किसानहरूको विगत ६ महिना यताको दुग्ध शुल्क प्रप्त नभई किसानहरू प्रताडित रहेको र किसानहरूमा क्रमश निरासा छाई रहेकोले नेपाल सरकारको तर्फ बाट तत्काल समाधानको पहल गर्न ध्यानाकर्ष गर्दै पहाड देखी तराई बसाई सराईको चाप असन्तुलित तवर बाट भई रहेको र यही अवस्थाको निरन्तरताले अवको ३ दशकमा तेह्रथुम जिल्लाको जनसंख्या नाजुक अवस्थामा रहने र धेरै बस्तिहरू रितिने निश्चित छ । तसर्थ नेपाल सरकारको तर्फ बाट शिक्षा, स्वास्थ, उद्योग, रोजगारी क्षेत्रमा पहाडी पालिका विशेष कार्यक्रम लागु गर्ने गरी विशेष निति लिन गम्भिर ध्यानाकर्षण गराएका छन ।

छथर गाउपालिका लगायत जिल्लाको सुख्खा क्षेत्र हेर्दा समग्र जिल्लाको आधा भुगोल सुख्खा क्षेत्र पर्दछ । सुख्खा क्षेत्रमा खानेपानी र सिचाईको मुल समस्या रहेको र स्थानिय दिगो श्रोत समेत जिण बन्दै गएको र जलवायु परिवर्तनको असरलाई समेत ध्यानमा राखी तमोर लिफ्टिङ्ग प्राथमिक्तामा राख्नु जरूरी छदैछ तर विद्युतमहशुल र उपभोक्ता क्षमता हेर्दा तत्कालिन हिसावले पालिकाहरूमा बगिरहेको लम्बु, तेलिया जस्ता डाडो खोलाहरू बाट शौर्य उर्जा मार्फत लिफ्टिङ्ग गर्दा सस्तो र सुलभ रूपमा छरितो ढंग बाट खानेपानी आपुर्ति तथा सिचाई सम्भव हुने भएकाले यस तर्फ आवस्यक योजनाका लागी मन्त्री ज्यू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछु। साथै छथर अस्पतालको भवन निर्माण अन्तिम चरणमा रहेको र म्एच् अनुसारको श्रोत पर्याप्तता नभई रहेकाले निर्माणको सम्पन्न चरणमा समस्या उत्पन्न भएकाले मन्त्री ज्यू मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आवस्यक समन्वय सहित समाधानका निम्ती अनुरोध गरेका छन ।

गाउँपालिका अध्यक्षले त्यस्तै गाउँपालिकाको विकासको निम्ती ४० वटा योजनाहरु मन्त्री समक्ष माग गरेका छन । माग गरिएका योजनाहरु यस प्रकार रहेका छन ।
छथर को समृद्दीका लागी तत्कालिन योजना मागस्
१ शुक्रवारे हाक्पारा कालोपत्रे सडक
२ ओख्रे म्याङ्लुङ्ग कालोपत्रे सडक
३ शुक्रवारे आहालडाडा दागपा फुलेक बसन्तपुर सडक
४ शुक्रवारे आङ्दिम सिधुवा कालोपत्रे सडक
५ धन्कुटा विहिवारे ताङ्खुवा परेवादिन आङ्दिम फोक्चे हाङ्मालुङ्ग छथर चक्रपथ हुदै सुदाप हावाखाने वर सुङ्गनाम म्याङ्लुङ्ग सडक ।
६ शुक्रवारे खैरेनी त्रिवेणी कालोपत्रे सडक ।
७ शुक्रवारे फोक्चे सडक ।
८ शुक्रवारे खैरेनी त्रिवेणी कालोपत्रे सडक ।
९ शनिश्चरे पञ्चकन्या वासिका हाक्पारा सडक ।
१० शुक्रबारे बजार सहरी सडक ढलाई तथा कालोपत्रे सडक ।
११ चपरी चौक छिपुवा वडा कार्यलय साख्मा सडक ।
१२ टुक्रे वडा कार्यलय च्याङ्लुङ्ग कोलाबुङ्ग सडक ।
१३ शुक्रवारे जोडिसल्ला आहालडाडा दाँगपा फुलेक बसन्तपुर
१४ त्रिवेणी तमोर मोटरेबल पुल ।
१५ साख्मा लम्बु मोटरेबल पुल ।
१६ छागे आङ्दिम मोटरेबल पुल ।
१७ पपदुङ्ग तमोर झोपु ।
१८ अधेरी दोभान तमोर झोपु ।
१९ जबुवा दोभान तमोर झोपु ।
२० लम्बु शौर्य लिफ्टीङ्ग खापा तथा सिचाई आयोजना ।
२१ तेलिया शौर्य लिफ्टिङ्ग खापा तथा सिचाई आयोजना ।
२२ तमोर लिफ्लिङ्ग खापा तथा सिचाई आयोजना
२३ हमर्जुङ्ग सेक्टर सिचाई योजना ।
२४ छथर क्याम्पस भवन निर्माण ।
२५ विद्यालयहरूको प्रविधि मैत्री भवन निर्माण ।
२६ विश्व विद्यालय कार्यक्रम र अनुदान ।
२७ आइसिटी प्रयोगशाला अन्य प्रविधिमैत्रि विद्यालय ।
२८ कोल््ड स्टोर निर्माण ।
२९ कृषि आधुनिकिकरण विशेष कार्यक्रम ।
३० पशु अस्पताल स्थापना ।
३१ चिज तथा छुर्पी उद्योग स्थापना ।
३२ ए आई प्रवविधी परियोजना ।
३३ छथर रंगशाला निर्माण योजना ।
३४ बहुउद्देशिय सभाहल निर्माण योजना ।
३५ ढाका उद्योग स्थापना ।
३६ संग्रहलय स्थापना ।
३७ वडा नम्र १ र ६ को वडा कार्यलय भवन निर्माण योजना ।
३८ वाल उद्यन पार्क निर्माण ।
३९ शुक्रवारे प्रहरी चोकी भवन निर्माण ।
४० छथर बस पार्क निर्माण योजना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *