छथर ओख्रेमा रहेको भगवती माध्यमिक बिद्यालयको ७२ औ बार्षिक उत्सव विभीन्न कार्यक्रमका बिच सम्पन्न


प्रकाश पाक्साँवा
तेह्रथुम ८ फागुन
तेह्रथुम जिल्लाको छथर गाउँपालिका ५ ओख्रेमा रहेको भगवती माध्यमिक बिद्यालयको ७२ औ बार्षिक उत्सव तथा अभीभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले दिवसको अवसरमा विभीन्न प्रयोगिताहरु सञ्चालन गर्दै भव्य रुपमा सम्पन्न गरेको छ ।

भाले जुधाई,शहर पट्काई,परेवा उडाई,लठ्ठा तनाई,हाँडी फुटाई,म्युजिकल चियरका साथै विभीन्न प्रतियोगिताहरु दिवसको अवसरमा आयोजना गरिएका थिए । छथर गाउँपालिका अध्यक्षको प्रमुख सन्तोष तिगेलाको आतिथ्यता उपाध्यक्ष तारा खरेल ढकालको बिशेष आतिथ्यतामा सम्पन्न दिवसमा बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई छात्रावृती प्रदान गरिएको थियो । ३५ हजार राशी रहेको स्वर्गीय छत्रमाया,आशिकराम तिगेला छात्रावृती कोषबाट एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने सफल रेसिका निरौलाईलाई प्रदान गरिएको बिद्यालयका प्रधानध्यापक श्रीमान बस्नेतले बताउनु भयो । त्यस्तै मेहेरमान छात्रावृतीमा एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने उनै रेसिकालाई एक हजार राशी रहेको छात्रावृती प्रदान गरिएको छ ।

स्वर्गीय जगनाथ,विष्णुमाया ढकाल गरिव तथा जेहेन्दार छत्रावृतीकोष बाट कक्षा ८ बाट प्रथम मुना बस्नेत र कक्षा ९ बाट प्रथम सेलिन लिम्बुलाई ३ हजार ७ सय ५० रुपैयाँको दरले प्रदान गरिएको छ । स्वर्गीय ज्योतिष विष्णु प्रसाद ढकाल स्मृती पुरस्कारबाट कक्षा ११ का प्रिया लिम्बु र देवेन्द्र सेन्च्युरी त्यस्तै कक्षा १२ का भावना कटुवाल,सन्तोष बजगाई र कक्षा ११ का सुनिता शंकरलाई प्रदान गरिएको छ । र स्वर्गीय नारायण प्रसाद लक्ष्मी,नोदन कुमारी भट्टराई छात्रावृतीकोषबाट कक्षा ३ बाट प्रथम इसानी पोख्रेल,कक्षा ५ बाट प्रथम,दिपा ढकाल, कक्षा ८ बाट प्रथम मुना बस्नेत,कक्षा १० बाट प्रथम रेसिका निरौला,कक्षा १२ बाट प्रथम कमलहाङ लिम्बुलाई प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *