प्रकाश पाक्साँवा
तेह्रथुम १६ भदौ
तेह्रथुमको जिल्लाको छथर सुक्रबारेमा ऐहिासिक रुपमा लाग्दै आएको भदौरे पुािर्णमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितको उपाधिको सशस्त्र प्रहरी बलले संखुवासभा युवा क्लब मादिलाइ हराउँदै प्रहरीले उपाधी चुमेको हो । प्रहरीले २ को विरुद्ध ३ गोल गर्दै प्रहरीले उपाधी चुमेको हो ।
उपाधी चुमे संगै नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष कप,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको संखुवासभा युवा क्लब मादीले ७५ हजार,,मेडल र प्रमाणपत्र प्राप्त गरेको फुटबल प्रतियोगिता संयोजक रुपम अधिकारीले जानकारी दिनु भयो । प्रहरी म्यान अफ दि म्याज कुमार राई ,उत्कृष्ट गोलकिपर सुजन बि क ,उत्कृष्ट डिफेन्डर शिशिर तामाङ उत्कृष्ट मिड्फिल्डर बुद्धिमान राई, मादिका सर्वाधिक गोलकर्ता विजय भुजेल ,सर्वउत्कृष्ट खेलाडी जीवन मगर भएका छन । विजेता , उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले प्रदान गर्नु भएको थियो ।
प्रतियोगिता छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजनामा सम्पन्न भएको समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । प्रतियोगितामा गत भदौ १२ गतेदेखि सुरु भएको हो । तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको थियो ।