प्रकाश पाक्साँवा
तेह्रथुम १३ भदौ
तेह्रथुमको जिल्लाको छथर सुक्रबारेमा ऐहिासिक रुपमा लाग्दै आएको भदौरे पुािर्णमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष कप जारी फुटबल प्रतियोगितामा आज ५ खेल हुने भएको छ । खेल तालिका अनुसार आजको पहिलो खेल केवाईसी केबुक बसन्तपुर र साहारा युवा क्बल धनकुटा बिच बिहान ९ बजे हुने भएको छ ।

प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिका अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ ।
प्रतियोगिता छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजनामा भई रहेको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने तालिकामा जनाइएको छ ।