प्रकाश पाक्साँवा
तेह्रथुम १३ भदौ
तेह्रथुमको छथर सुक्रबारेमा ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलामा अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष कप आमन्त्रीत फुटबल प्रतियोगितमा आज पाँच खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा साहारा युवा क्बल धनकुटाले ० को विरुद्ध २ गोल केवाइसी केबुक बसन्तपुरलाई पराजित गरेको छ ।
संखुवासभा युवा क्लब मादी र मेन्छ्यायेम गाउँपालिका मोराहाङ बिच भएको खेलमा मादी विजयी बनेको आयोजकले प्रहर मिडियालाई जानकारी दिएको छ । युनाईटेड तरहराले पाख्रीबास धनकुटालाई १ को विरुद्ध २ गोल गर्दै विजयी बनेको छ । त्यस्तै कोशी प्रदेश नेपाल पुलिस बिराटनगर रानीले एफसी ओख्रेलाई ० को विरुद्ध १ गोल गर्दै विजयी बनेको छ । र आज भएको अन्तिम खेलमा सशस्त्र प्रहरी बलले पेनल्टीमा ४ को ५ गर्दै कुसाङ युवा क्लब सुङनामलाई पराजित गर्दै सशस्त्र प्रहरी विजयी बनेको फुटबल खेल संयोजक रुपम अधिकारीले जानकारी दिनु भयो ।
प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजनामा भई रहेको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते फाईनल हुने छ ।