छथरमा जारी अध्यक्ष कप फुटबल प्रतियोगितामा उपाधिको लागी संखुवासभा र सशस्त्र भिड्दै

प्रकाश पाक्साँवा
तेह्रथुम १६ भदौ
तेह्रथुमको जिल्लाको छथर सुक्रबारेमा ऐहिासिक रुपमा लाग्दै आएको भदौरे पुािर्णमा मेलाको अवसरमा आयोजित चौथो छथर गाउँपालिका अध्यक्ष कप जारी फुटबल प्रतियोगितको उपाधिको लागी संखुवासभा युवा क्लब मादी र सशस्त्र प्रहरी बल बिच खेल हुने भएको छ ।

संशस्त्र प्रहरी क्बलले नव जागृती युवा क्लब धनकुटा ७ लाई ० को विरुद्धका २ गोल गर्दै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै
मादी संखुवासभाले १ को विरुद्ध ३ गोल गर्दै म्याङलुङलाई हराउँदै फाईनल पुगेको फुटबल प्रतियोगिता संयोजक रुपम अधिकारीले जानकारी दिनु भयो । प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिका अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ ।

प्रतियोगिता छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजनामा भई रहेको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *