छथरका किसानलाई बर्षाैदेखी बाँदरले पिर,पाक्न लागेको बाली जोगाउनै मुस्किल

प्रकाश पाक्साँवा
तेह्रथुम, ७ भदौ
छथर गाउँपालिका २ बाहुनबारीका डम्बर कार्कीले करिब दश बर्ष पहिले ५० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेका थिए । आफुले लगाएको अन्नबाली कार्कीले नजिकैको बजार सुक्रबारे र संन्सारे बजारमा बिक्री गरी राम्रै आम्दानी लिन्थे । घरमा खेतलाहरु पनी अन्न दिन्थे तर, अहिले १० रोपनी क्षेत्रफलमा मात्रै खेती लगाउँछन् त्यो पनी बाँदरबाट जोगाउन हरेक दिन हैरानी खेप्नु पर्छ ।

उनी जस्तै शेरबहादुर कार्कीले पनी अहिले घर नजिकैको जमिनमा मात्रै बालि लगाएका छन । डम्बरबहादुर जस्तै शेरबहादुर पनी बाँदर धपाउँदैमा दिन बिताउनु परेको छ । २० रोपनी क्षेत्रफलमा अन्नबाली लगाएका लालबहादुर लिम्बुलाई यतीबेला बाँदर धपाउनु उनको दैनिकी ने बनेको छ । उनी भन्छन् ‘बाँदरले खेती लगाएको बाली नष्ट गरेर हामीलाई बसीखान दिएको छैन । अर्काे सालदेखी खेती नलगाउने विचार गरेको छु । हाम्रो श्रम र मेहनत त परै राखौ खेतलाको ज्याला नि उठ्दैन । हाम्रो समस्या स्थानीय सरकारले कहिले बुझेन ।’ ‘स्थानीय सरकार आएको पनी ६÷७ बर्ष बितीसक्यो हामी जस्ता किसानको समस्यालाई कहिले हेरेन उनले भने ।’

उनीहरु जस्तै यस गाउँका स्थानीयहरु दैनिकी भनेकै बाँदर धपाउनु बनेको छ । बाँदरको पिर यहाँ रहेका खेतीयोग्य जमिनहरु बाँझीएर जंगल बन्दै गएका छन । बाँदर कै पीरले स्थानीय पोष्टबहादुर थापा,भक्तबहादुर कार्की,भीमबहादुर थापा,बाँशुदेव भट्राई,राजन भट्राई,हरिहर भट्राई लक्ष्मी भट्राई लगायतका दर्जन बढी घरहरु बसाई सरेर अन्यत्र गई रहेका छन । बस्ती पालिन्दै जाँदा जंगलले ढाक्दै गएपछी यसक्षेत्रमा बाँदर आंतक बढ्दै गएको छ । यहाँका टारीखेत देखी फाँटिला टारहरु यतीबेला झोरझाडी जंगल झै बनेका छन । जंगल सँग जोडिएका विभीन्न बस्तीहरुमा बर्षाैदेखी बाँदरले किसानलाई हेरानी दिँदै आएको छ ।

यसक्षेत्रका स्थानीयहरु कहिले प्राकृतिक प्रकोप त कहिले बन्यजन्तुको समस्याले पिडीत बन्दै आएका छन । गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले विगत बर्षदेखी नै बाँदर नियन्त्रणको लागी प्रयास गरी रहेको बताए पनी अझैसम्म कुनै प्रयास नगरेको स्थानीयबासीले गुनासो गर्ने गरेका छन । गाउँपालिका अध्यक्ष लिम्बुले बाँदर नियन्त्रणको लागी अध्यायन गरी रहेको बताउँछन । वन्यजन्तुको समस्याले बर्षैदेखी समस्या भोग्दै आएका किसानहरुलाई स्थानीय सरकारले उचित व्यवस्थापन तथा बाँदर निमन्त्रण गर्ने सके राहात मिल्ने आशा गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *